दफा ११
सपथ लिनु पर्ने
आफ्नो पदको काम सुरू गर्नुभन्दा अगाडि अध्यक्ष र दफा ६ को उपदफा (१)को खण्ड (घ) र (ङ) बमोजिम नियुक्त सदस्यले नेपाल सरकारको अर्थमन्त्री समक्ष अनुसूची बमोजिमको ढाँचामा पद तथा गोपनीयताको सपथ लिनु पर्नेछ।